हेटौंडा । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसदिन चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ३ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। आइतबार सोही परिमाणको चाँदीको मूल्य ३ हजार ४९० पुगेको थियो।
सेयर गर्नुहोस्






















