मंगलबार सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

हेटौंडा टुडे
२०८२ मंसिर १६, मंगलवार ११:०६ गते

हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्य भने बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले सस्तो भएको छ भने चाँदी १० रुपैयाँले महंगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*