कान्तिलोकपथ ६० दिन बन्द हुने

हेटौंडा टुडे
२०८२ मंसिर १८, बिहीबार १०:५० गते

हेटौंडा ।   हेटौंडा –काठमाडौँ जोड्ने कान्ति लोकपथमा मङ्सिर २० गते शनिबार देखि  ६० दिन सम्म दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथका विभिन्न भागमा सडक फराकिलो बनाउन र वर्षा याममा गएको पहिरो पन्छाउन लागि शनिबारदेखि अर्थात् मङ्सिर २० गतेबाट ६० दिनसम्म बिहान ११ देखि अपराह्न ५ बजेसम्म सवारी साधन आउजाउ गर्न रोक लगाएको हो ।

कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत सूचना मार्फत आग्रह गरिएको छ ।

null

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*