बिहीबार सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ मंसिर १८, बिहीबार १०:५४ गते

हेटौंडा । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। यससँगै बिहीबार छापावाल सुन तोलामा २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ६ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*