एनपीएल : पोखराले टस जितेर बलिङमा

हेटौंडा टुडे
२०८२ मंसिर १८, बिहीबार ११:४२ गते

हेटौंडा । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ ।

काठमान्डुको लिग चरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ । पोखरालाई पराजित गरेमा काठमान्डुको शीर्ष २ मा पर्दै क्वालिफायर–१ खेल्ने सम्भावना बलियो हुनेछ । गत सिजन काठमाडौंले पोखरालाई ६ विकेटले पराजित गरेको थियो, तर दुवै टोली प्लेअफमा पुग्न असफल रहेका थिए ।

पोखरालाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । पोखराले ५ खेलमा २ जित र ३ हारको स्थितिमा रहेको छ । पोखराले चितवनसँग शनिबार लिगको अन्तिम खेल खेल्दै छ । पोखराले अघिल्लो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको थियो । सो खेलमा पोखराले २ सय १ रन बनाएको थियो । पोखरा एनपीएलमा २ सय रन पार गर्ने दोस्रो टोली बनेको थियो ।

कर्णालीसँग पछिल्लो खेल खेलेको टोलीबाट पोखराको टोलीमा कुनै परिवर्तन गरिएको छैन । काठमान्डुको टोलीमा सन्नी पटेलले स्थान बनाएका छन् । उनले जेहर्राड इरसमसको स्थान लिने छन् । नामिबियाका कप्तान इरसमस आईएल–टी–२० खेल्न दुबई लागिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*