हेटौडा । भोलिदेखि हुने भनिएको सडक विस्तार काम जुन सुकै अवस्थामा हुने जिल्ला प्रसाशन कार्यालय मकवानपुरले जनाएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा तथा संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम मङ्सिर १९ गते राति सकिँदैछ । समय सिमा सक्किन केही घण्टा बाकी रहेको अवस्थामा रास्वपाकी पुर्व सांसद विन्वासिनी कंसाकरले दिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेसंगै भोलीबाट विस्तार कार्य प्रभावित नहुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । बजारमा हल्ला चले जस्तो विस्तार कार्य रोक्न सम्नानिय अदालतबाट कुनै आधिकारीक पत्र नआएकोले सडक विस्तार गर्न डोजर चल्ने मकवानपुरका प्रजिअ वसन्त अधिकारीले बताएका छन्।
सेयर गर्नुहोस्






















