सोमबार सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ मंसिर २२, सोमबार ११:०२ गते

हेटौंडा । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सनुको मूल्य तोलाको ७०० रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ६०५ रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*