कैलाशमा पहिलो पटक शैक्षिक प्रदर्शनी कार्यक्रम

हेटौंडा टुडे
२०८२ मंसिर २५, बिहीबार १०:५४ गते

हेटौंडा ।  मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम गरिएको छ । बुधबार कैलाश ३ स्थित भवानी माध्यामिक विद्यालयमा प्रदर्शनी आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा भएको प्रदर्शनीमा पालिकामा रहेका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजाको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले विद्यार्थीहरुको सिकाई प्रदर्शनीले विद्यार्थीमा नयाँ सिकाई र ज्ञान बढ्ने बताए ।

विद्यार्थीले तयार पारेका सामाग्रीहरुमा पुराना परम्परागत सामान, हस्तकलाका सामान, मेशिन औजार, विज्ञानका विभिन्न जानकारी मूलक सामाग्रीले एक आपसमा सिकाइ र अनुभव साटासाट हुने बताए । नीति तथा कार्यक्रममा समेट्दै कार्यक्रम राखिएकाले आगामी दिनहरुमा पनि थप उर्जाका साथ कार्यक्रम गरिने प्रतिवद्धता जाहेर गरे ।
प्रदर्शनीमा सरस्वती आधारभूत विद्यालय कैलाश २ प्रथम भएको छ भने कालिका मावि कैलाश ९ द्धितीय र कमलादेवी मावि कैलाश २ तृतीय भएको छ । पुरस्कृत भएका विद्यालयले नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

saar-1765369695.jpg
आधारभूत तह(कक्षा १ देखी ८) र माध्यामिक तह सञ्चालित विद्यालयहरुका विद्यार्थीको अन्र्तनिहित क्षमता तथा प्रतिभा पहिचान तथा सिकाइ आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख समीर जोशीले बताए ।

प्रदर्शनीमा विद्यार्थीले तयार गरेका सामाग्रीहरुको मुल्यांकनको आधारमा उत्कृष्ट छनौट गरि पुरस्कृत गरिएको उनले बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, मुल्यांकनकर्ता सहायक कम्प्युटर अधिकृत लक्ष्मण खतिवडा, ईन्जिनियर अनिलप्रसाद जोशी, भवानी माविका प्रअ बालचन्द्र मल्ल ठकुरी, स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो ।

saaa-1765369290.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*