बिहीबार सुनको मूल्य १ हजारले बढ्यो, चाँदीले निरन्तर नयाँ रेकर्ड राख्दै

हेटौंडा टुडे
२०८२ मंसिर २५, बिहीबार ११:२० गते

हेटौँडा ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी पनि तोलामा ५५ रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । बुधबार प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ३ हजार ८ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*