३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीले बनायो नयाँ रेकर्ड

हेटौंडा टुडे
२०८२ मंसिर २६, शुक्रबार ११:२६ गते

हेटौँडा । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ३ हजार ५०० र चाँदी १०० रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ३ हजार ५०० ले बढेर प्रतितोला सुनको भाउ २ लाख ५६ हजार ६०० कायम भएको छ। अघिल्लो दिन बिहीबार १ हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १०० पुगेको थियो।

यस्तै चाँदीको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ। महासंघका अनुसार १०० रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ९०५ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*