हेटौंडा । साताको पहिलो कारोबार दिन (आइतबार) स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । शुक्रवारको तुलनामा प्रतितोला २ हजार २ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार कायम मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको उक्त बिन्दु छुन सकेको थिएन ।
आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायमै गर्दै चाँदी मूल्य भने आज घटेको छ । महासंघका अनुसार शुक्रवारको तुलनामा आज प्रतितोला ८० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज चाँदीको मूल्य ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ४ हजार २९९ डलर छ भने चाँदी ६१.७३ डलर छ ।






















