सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान

हेटौंडा टुडे
२०८२ मंसिर २९, सोमबार ११:२३ गते

हेटौंडा । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्लो समय लगातार वृद्धि भइरहेको सुन सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको हो।

आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८०० पुगेको  थियो।

यस्तै चाँदीको भाउ पनि वृद्धि भएको छ। आइतबारको तुलनामा ४५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार ८७० कायम भएको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*