साताको चौथो कारोबार दिन आज (बुधबार) ५.७० अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से १८.३७ अंक र सोमबार ६.७४ अंकले बढेको थियो । बुधबार नेप्सेमा कुल ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ । बुधबार स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसआई प्यानलको सेयर मूल्य ९.९९ प्रतिशत र नारायणी विकास बैंकको मूल्य ८.७७ प्रतिशतले बढेको छ ।
यस्तै, बाराही हाइड्रोपावर पब्लिक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
सेयर गर्नुहोस्






















