आज सुनको मूल्य घट्यो, चाँदीले बनायो नयाँ रेकर्ड

हेटौंडा टुडे
२०८२ पुष ६, आईतवार ११:०६ गते

हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको हो । गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा १०० रुपैयाँले बढेको हो । यस सँगै चाँदी तोलामा ४१ सय ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*