मिराज ढुङ्गाना समूहले भोलि देखि देशभर आन्दोलन सुरु गर्ने घोषणा

हेटौंडा टुडे
२०८२ पुष ६, आईतवार १५:५७ गते

हेटौंडा । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशभर आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका हुन् ।

उनले भोलि ११ बजे काठमाडाैँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएकाे ढुङ्गानाले बताए । पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।

उनका अनुसार समूहले ७ बुँदे माग राखेर प्रदर्शनी गर्न लागेको हो।

यी हुन् उनीहरूको माग: 

१. हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर।

२. स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर।

३. विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर।

४. जेन ज विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर।

५. सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर।

६. २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर। २४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर।

७. प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुर्‍याएको छ, त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन-जी समूहको माग अनुसार काम नगरेको उनीहरूको आरोप छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*