सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, एकैदिन ३४ सयले बढ्यो

हेटौंडा टुडे
२०८२ पुष ७, सोमबार १२:३६ गते

हेटौँडा । सोमबार सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, आज चाँदीको मूल्य पनि १३० रुपैयाँले बढ्दै ४ हजार २३५ रुपैयाँ पुगेको नेपाल महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

योसँगै आज स्थानीय बजारमा सुनचाँदी उच्च मूल्यमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*