मकवानपुर ईन्द्रसरोवरमा कारको ठक्करबाट एक बालक घाइते

हेटौंडा टुडे
२०८२ पुष ८, मंगलवार ११:२७ गते

हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–४ फाखेलमा पर्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा कारको ठक्करबाट एक बालक घाइते भएका छन्। हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–०३१ च ००४३ नम्बरको कारले स्थानीय रमेश रुम्बाका ७ वर्षीय छोरा रोहन रुम्बालाई ठक्कर दिएको हो। घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल तर्फ पुगेको थियो।

प्रहरी पुग्नु अघि नै कार चालक चितवनको भरतपुर महानगरपालिका–२ का ४८ वर्षीय दीप नारायण महत्तोले घाइते बालकलाई आफ्नै कारमार्फत काठमाडौँस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल, बासबारी पुर्‍याएका थिए।

प्रहरीका अनुसार बालकको टाउको र दाहिने हातमा चोट लागेको छ भने उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ। उपचारका क्रममा उनकी आमा कल्पना रुम्बा साथमा रहेकी छन्। दुर्घटनामा संलग्न कार र चालकलाई प्रहरी वृत्त कीर्तिपुर, काठमाडौँले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*