हेटौंडा । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँले बढेर तोलामा ४ हजार ४ सय २० रुपैयाँ कायम भएको हो। चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो।
सेयर गर्नुहोस्






















