बिहीबार सुनचाँदीको मूल्य सामान्य घट्यो

हेटौंडा टुडे
२०८२ पुष १०, बिहीबार ११:२७ गते

हेटौंडा । नेपाली बजारमा बिहीबार (पुस १०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम छ । बुधबार (पुस ९) छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*