सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ७० हजार नाघ्यो

हेटौंडा टुडे
२०८२ पुष १३, आईतवार ११:१३ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  प्रतितोला एक हजार तिन सयले रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा २ सय ७० रुपैयाँले बढेर तोलामा ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*