हालसम्मकै उच्च विन्दुबाट घट्यो आज सुनको मूल्य

हेटौंडा टुडे
२०८२ पुष १४, सोमबार ११:३७ गते

हेटौंडा । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ।  आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेर हालसम्मै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार भने सामान्य घटेको हो। उक्त दिन सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो। आज सुन प्रतितोला दुई लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रूपैयाँ घटेको हो।

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ।  आइतबार तोलामा चार हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*