हेटौंडा । सोमबार सेयर बजार परिसूचक नेप्से १०.५३ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन उत्साहित बनेका लगानीकर्ता दोस्रो दिन निरुत्साहित हुँदा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । आइतबार बजार ४७.५५ अंकले बढेको थियो ।
सोमबार बजार ०.४० प्रतिशतले घटेर २६२२.८८ विन्दुमा बन्द भएको छ । बजार घट्दा ८५ कम्पनीको सेयर मूल्य बढेको छ, १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर छ ।
सोमबार कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको १ करोड ३७ हजार कित्ता सेर किनबेच भएको छ । आइतबार ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
बजार घटे पनि एसवाई प्यानल नेपाल, ग्लोबल आईएमई समुन्नत योजना, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंक उत्कृष्ट पाँच कमाउनेमा परेका छन् । धेरै गुमाउनेमा विन नेपाल लघुवित्त, सुपर माडी हाइड्रोपावर, मानुसी लघुवित्त, सन नेपाल लाइफ ईन्स्योरेन्स र एनआईसी एसीया बैंक रहेका छन् ।
यस दिन अत्याधिक सेयर खरिदबिक्रि हुने कम्पनीमा एसवाई प्यानल नेपाल, मञ्जुश्री फाइनान्स, शिवम् सिमेन्ट, ङादी ग्रुप पावर र हिमालयन रिइन्स्योरेन्स रहेका छन् । समूहगत सूचकतर्फ विकास बैंक र म्युचुअल फण्डको सूचक हरियाली रहँदा बाँकी सबै समूह घटेका छन् ।






















