हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा १२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्






















