सोमबार सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले बढ्यो

हेटौंडा टुडे
२०८२ पुष २१, सोमबार ११:२७ गते

हेटौंडा । आइतबार घटेको सुनको मूल्य आज फेरि बढेको छ । सोमबारको कारोबारमा सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले बढेको छ ।

यससँगै आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६० हजार ४ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य २१ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ६८५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*