मंगलबार सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो

हेटौंडा टुडे
२०८२ पुष २२, मंगलवार ११:०८ गते

हेटौंडा । नेपाली बजारमा आज (मंगलबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला चार हजार ६ सय रूपैयाँ र मंगलबार तीन हजार एक सय रूपैयाँ गरी दुई दिनमा सुनको भाउ प्रतितोला सात हजार सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।  सोमबार सुन प्रतितोला दुई लाख ६५ हजार रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा चार हजार ६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*