बुधबार सुनको मूल्य सामान्य घट्यो

हेटौंडा टुडे
२०८२ पुष २३, बुधबार ११:१० गते

हेटौंडा । नेपाली बजारमा बुधबार (पुस २३) सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो ।  यससँगै छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ ।  मंगलबार तोलाको दुई लाख ६८ हजार १०० कायम थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघका अनुसार एक तोला चाँदीको मूल्य ४९ सय ३५ रुपैयाँ पुगेको हो । मंगलबार चाँदी प्रतितोला ४८ सय ८० थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*