निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’

हेटौंडा टुडे
२०८२ माघ ५, सोमबार १३:०३ गते

हेटौंडा । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ । आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो ।

निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिए ।

‘कल सेन्टर आजबाट सुरु भएको छ। अहिले हामी कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिन्छौं । समय क्रमश: थपिँदै लगिने छ’, उनले भने ।

आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ । नि:शुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन् । एकै पटक १५ जनासम्मले फोन गर्दा  कलहरु होल्डमा रहनुपर्ने छैन ।  सोमबारदेखि सुरु भएको कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म सञ्चालनमा रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*