हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता सुरु भएको छ। उम्मेदवारी मनोनयनका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
आयोगले उमेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।
२७५ सदस्य रहेको प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुनेछन् ।
सेयर गर्नुहोस्






















