हेटौंडा । झापा -५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन जित्दै आएको क्षेत्र हो । ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।
दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका छन्। बालेनको उम्मेदवारी दर्ताका क्रममा दमकमा पार्टी कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। र्याली र नाराबाजीसहित बालेन समर्थकहरू निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्।
यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेन्द्रको प्रतिस्पर्धा हुने भएपछि दमकमा राजनीतिक सरगर्मी र सर्वसाधारणको भेला बढेको छ।
उम्मेदवारी दर्तास्थल वरपरको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।






















