मकवानपुर–१ बाट राप्रपाका दीपकबहादुर सिंहले गराए उम्मेदवारी दर्ता

हेटौंडा टुडे
२०८२ माघ ६, मंगलवार १५:०९ गते

हेटौंडा ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपकबहादुर सिंहले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
पार्टीका कार्यकर्ता र समर्थकहरूको र्‍यालीसहित निर्वाचन कार्यालय पुगेका सिंहले २०७९ को निर्वाचनमा हासिल गरेको जितलाई यसपटक पनि कायम राख्ने दाबी गरेका छन् ।

साथै, मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार रामेश्वर रानाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन् । रानाको उम्मेदवारी दर्तामा गोपालप्रसाद दाहाल प्रस्तावक र इन्द्रमान स्याङ्तान समर्थक रहेका छन् ।

त्यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका तर्फबाट पूर्वसांसद महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् । बर्तौलाको प्रस्तावकमा राजाराम स्याङ्तान र समर्थकमा सुवासचन्द्र ठकुरी रहेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा उम्मेदवारी दर्ता प्रक्रिया तीव्र बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*