आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुने

हेटौंडा टुडे
२०८२ माघ ९, शुक्रबार ११:५४ गते

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज नाम फिर्ता लिन सक्नेछन् । आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले चाहेमा आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
आज दिउँसो १ देखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । आजै अपराह्न ४ देखि साँझ ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो ।

जसमा तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जनाले उम्मेदवारी दिएका छन् । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् । त्यसका लागि आगामी फागुन २१ गते चुनाव हुँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*