हेटौंडा । निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनीसँग निर्वाचनमा खटिने कर्मचारीहरूको २० लाखको दुर्घटना बीमा गरेको छ।
आयोगले चुनावमा खटिने २ लाख १३ हजार १ सय ६१ जना कर्मचारीका लागि जनही २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको हो । आयोगले मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारीहरूका लागि १५ दिन अवधिको बीमा गरेको छ ।
यस्तै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी, आयोगका सबै कार्यालयमा काम गर्ने र चुनावका बेला काजमा आउने कर्मचारीहरूका लागि ९० दिन अवधिको बिमा गरेको आयोगले जनाएको छ ।
साथै आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री व्यवस्थापनको काम अघि बढेको समेत जनाएको छ।
सेयर गर्नुहोस्






















