हिमपातले अवरुद्ध नाग्म-गमगडी सडक सञ्चालनमा

हेटौंडा टुडे
२०८२ माघ १३, मंगलवार १३:२८ गते

हेटौंडा ।  शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ ।

भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको हो।

हिमपातले सडक दुई दिनसम्म बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा  दैनिक उपभोग्य सामग्री, विकास–निर्माणका सामानहरु बीच बाटामै रोकिएका थियो ।

हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*