एकैदिन तोलामा १४ हजार ४ सयले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ माघ २१, बुधबार ११:१८ गते

हेटौंडा । सुनको मूल्य बुधबार पनि ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार प्रतितोला १४ हजार ४ सय रुपैयाँ मूल्य बढेको हो ।

गत बिहीबार हालसम्मकै उच्च मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको सुन गत सोमबारसम्म ५२ हजारले घटेर २ लाख ८६ हजारसम्म पुगेको थियो । त्यसपछि फेरि दुई दिन मूल्यमा वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निकै अस्थिर देखिएको छ ।

सुनसँगै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ५ हजार ५ सय कायम भएको चाँदीको मूल्य बुधबार ५ हजार ६०० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*