तीनवटा मोटरसाइकल आसपमा ठोक्किँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ माघ २६, सोमबार ११:१३ गते

हेटौंडा ।  नवलपुरको कावासोती नगरपालिका-१४ अग्यौलीमा तीनवटा मोटरसाइकल एक आसपमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते देवचुली नगरपालिका १७ निवासी २८ वर्षीय ओम प्रकाश खोजवारलाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अन्य दुई जना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । प्रहरीले तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*