सोमबार ४१ सय रुपैयाँले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ माघ २६, सोमबार ११:१७ गते

हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सो सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*