आज देशभर महाशिवरात्री पर्व मनाइँदै

हेटौंडा टुडे
२०८२ फाल्गुन ३, आईतवार ११:१७ गते

हेटौंडा । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइँदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ ।

हिन्दुहरुको प्रमुख चाडमध्ये महाशिवरात्री पर्व एक हो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

भारत लगायतका देशहरुबाट पशुपतिको दर्शन गर्न धेरै संख्यामा भक्तजन आउने गर्छन । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार रात्रिमध्ये शिवरात्रीलाई प्रमुख रात्रीका रुपमा मनाउने प्रचलन रहि आएको छ ।

शिवरात्रीमा व्रत बसी भगवान शिवको ध्यान, पूजा र जप गरिन्छ  । आज शिवरात्रीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*