आज दिनभरमा मतपत्र छपाइ सम्पन्न हुने

हेटौंडा टुडे
२०८२ फाल्गुन ४, सोमबार ११:४२ गते

हेटौंडा । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ ।

प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सम्पन्न हुने केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले बताएका छन्।

साथै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझ सम्म छापिने जानकारी पनि दिए। उनले भने, ‘प्रत्यतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ।

भोलिसम्ममा सबै मतपत्र ‘प्याकिङ’ गरेर पठाउन बाँकी जिल्लामा ढुवानी हुने उनको भनाई छ। उनले केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको बताए ।  उनका अनुसार २ करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सकेर  जिल्ला जिल्ला पठाउनेकार्य भइरहेको छ। कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्‍याउने लक्ष्य रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*