ग्यासमा रोटी सेकेर खानु स्वास्थ्यको लागि खतरनाक, यसले निम्त्याउन सक्छ यस्तो असर

हेटौंडा टुडे
२०८२ फाल्गुन ४, सोमबार १४:१५ गते

हेटौंडा । हामी सबैजसोको भन्सामा पाक्ने खाना हो, रोटी । रोटी प्राय सबैलाइ मन पर्ने खाना अन्तर्गत पर्दछ र यो पोषण यूक्त पनि छ।
पहिला रोटी दाउराको चुल्होमा पकाउने गरीन्थ्यो र पाके पछि तावाबाट निकालेर भुंग्रोमा सेकाइन्थ्यो । अहिले दाउरा बाल्ने प्रचलन घट्दै छ र त्यसको ठाउँमा ग्यास चुल्होको प्रयोग बढ्दो छ ।

ग्यासमा रोटी पकाउने धेरैले तावाबाट निकालेपछि ग्यासको आगोमा राखेर रोटी सेक्ने गरेको देखिन्छ । यसरी ग्यासमा सेकेको रोटी खाँदा के हुन्छ, हामीमध्ये कमैले यसबारे सोचेका छौँ होला।

यसरी ग्यासमा सेकेको रोटी खानु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको भनाइ छ ।

पहिलो कुरा, ग्यास चुलोमा इन्धनको अपूर्ण दहन हुँदा कार्बन मोनोअक्साइड जस्ता जहरीला ग्यासहरूको उत्सर्जन हुन्छ, जुन स्वास प्रणालीका लागि खतरनाक हो। यो ग्यासलाई नचिन्ने अवस्थामा लामो समयसम्म सासमा समाहित गर्नाले गम्भीर स्वास्थ्य समस्याहरू, जस्तै: अक्सिजनको कमी, मस्तिष्कको कार्यमा असर र श्वासप्रश्वास समस्याहरू हुन सक्छ।

दोस्रो कुरा, ग्यास चुलोमा अत्यधिक उच्च तापक्रममा रोटि पकाउँदा बाहिरी भाग छिट्टै कालो दागहरू बस्छन् । त्यो कालो दाग स्वास्थ्यका लागि हानिकारक हुन्छ ।  विज्ञहरूका अनुसार जलेको भाग खाँदा शरीरमा हानिकारक रसायनहरू निस्कन सक्छन् ।

यसले क्यान्सरजन्य पदार्थहरू विकास गर्ने जोखिम दोब्बर बढाउँछ । तर यसरी सेकेको रोटी खाँदैमा क्यान्सर हुन्छ भन्ने कुरा भने सत्य नभएको विज्ञको भनाइ छ ।

पाचन प्रणालीमा असर गर्ने तथा पेटसम्बन्धी समस्या बढाउने जोखिम हुन्छ । श्वास-प्रश्वास सम्बन्धी समस्या निम्त्याउन पनि यसले भूमिका खेल्छ । पोषण र क्यान्सर जर्नलमा प्रकाशित अर्को अध्ययन थियो, जसले उच्च तापक्रममा खाना पकाउँदा कार्सिनोजेनहरू उत्पादन हुने बताएको थियो ।

सिधै ग्यासको आगोमा सेकाएको रोटीले ग्यास्ट्राइटिस तथा एसिडिटीको समस्या बढाउन सक्छ  डढ्ने तथा कालो हुने हुँदा रोटीमा रहेको पोषकतत्त्व नष्ट हुन सक्छ । रोटीमा रहने पोषणलाई कायम राख्न पनि रोटीलाई सिधै ग्यासको आगोमा सेकाउन नहुने विज्ञहरू बताउँछन् ।

त्यसैले, रोटी पकाउनु पर्दा सकेसम्म आयोगको चुल्होमा पकाउने । यदि ग्यासमा नै पकाउनु परेको खण्डमा सानो आगो बनाएर तावामा ओल्टाइपल्टाइ गर्दै सेक्ने । यसमा कपडाको प्रयोग गर्न पनि सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*