हेटौंडा । हेटौंडा-१६ हटिया चिसापानीमा भेटिएको शंकास्पद बस्तु फोहोरको थुप्रो भएको पुष्टि गरि उक्त बस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गरेको हो ।
अस्थायी प्रहरी पोष्ट हटियाको मोटरसाइकल गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा विहान ५ बजेतिर चिसापानीस्थित धरान चतरा सडक खण्डको बिच भागमा सेतो कपडाले बेरिएको शंकास्पद बस्तु बाहिरपट्टि खतरा लेखिएको देखेको प्रहरीले जनाएको छ । त्यसपछि नेपाली सेनाको टोलिसंग समन्वय गरि विहान ८:१० बजे डिस्पोज गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो।
शंकास्पद बस्तु भेटिएपछि केही समय सवारी आवागमन प्रभावित भएको थियोे । अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

















