हेटौंडा। नेपाली बजारमा आज (मंगलवार) सुन मूल्य घटेको छ । भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमवार चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयामा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्

















