९५५ किलो गाँजा सहित दुई जना पक्राउ

हेटौंडा टुडे
२०८२ फाल्गुन ५, मंगलवार ११:५९ गते

हेटौंडा। धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलो (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।

मंगलबार बिहान धरान उपमहानगरपालिका–२० बरडाँडा क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले ९५५ केजी गाँजा बरामद गरेको हो। चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेका सवारी साधनलाई रोकेर जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नंको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी बरामद गरिएको हो ।

प्रहरीका अनुसार पछिल्लो समय धरान आसपासका क्षेत्र हुँदै अवैध लागुऔषध ओसारपसार हुने क्रम बढ्दो देखिएकाले निगरानी र चेकजाँचलाई थप कडा बनाइएको छ। पक्राउ परेका दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*