हेटौंडा। जेनजी आन्दोलनका क्रममा लुटिएको पेस्तोल र गोलीसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनको क्रममा प्रहरी कार्यालयबाटै लुटिएको उक्त हतियार कन्काई नगरपालिका–८ मिश्रा टोलस्थित एक घरबाट फेला परेको हो ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
सो अवसरमा प्रहरीले उनका २२ वर्षीय छोरा सौगातले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाएर राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद गरेको हो ।
अनुसन्धानका क्रममा उक्त हतियार र गोली अनारमनी प्रहरीबाटै लुटिएको पुष्टि भएपछि प्रहरीले हतियार लुटपाटमा संलग्न स्थानीय २२ वर्षीय सुजय राजवंशीलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न सौगात भने फारर रहेको ले उनको तीव्र खोजी भइरहेको प्रहरी प्रवक्ता खगेन्द्र बहादुर खड्काले बताए । पक्राउ परेका राजवंशीमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ।

















