हेटौंडा । काभ्रेपलाञ्चोकको बनेपामा बुधबार टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधान छन् ।
दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका छन् । विरोधमा उत्रिएका स्थानीयले सडक अवरुद्ध गर्दै टिपरमा आगजनी गरेका हुन्। सो टिपरले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा मृत्यु भएकाको सनाखत भइसकेको छैन।
टिपरले बनेपाबाट साँगातिर जाँदै गरेका स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयले सड्क अवरुद्ध गरेका छन् ।
सेयर गर्नुहोस्






















