बिहीबार सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले बढ्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन ७, बिहीबार ११:१९ गते

हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार ३ सय रुपैयाँले बढेर तीन लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १८० रुपैयाँले बढेर प्रतितोला ५०६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६१ हजार २ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४३३८ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*