सोमबार पनि बढ्यो सुनचाँदीको मुल्य

हेटौंडा टुडे
२०८२ फाल्गुन ११, सोमबार ११:२५ गते

हेटौंडा । नेपाली बजारमा सुनको भाउ सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (फागुन ११) सुन तोलामा ३२ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला ५६ सयले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आजको भाउअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १३ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ । यस्तै, चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको छ । आइतबार पाँच हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*