हेटौंडा । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम ले अग्रता कायम राखेकी छन् ।हालसम्म ७ हजार ७०८ मत गणना हुँदा गौतमले ३ हजार ६३९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। उनलाई पछ्याउँदै नेकपाकी उम्मेदवार रेनु दाहालले २ हजार २६३ मत ल्याएर दोस्रो स्थानमा रहेकी छन् ।
यसैगरी, नेकपा एमालेका शंकर थपलियाले ७४१ मत पाएका छन्। यस्तै राप्रपाका दिपक थापा ले १२७ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सेयर गर्नुहोस्






















