मकवानपुरमा लागुऔषध खैरो हेरोइन सहित एकजना पक्राउ

हेटौंडा टुडे
२०८२ फाल्गुन २८, बिहीबार १३:२३ गते

हेटौँडा । मकवानपुरमा लागुऔषध सहित एकजनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। हेटौँडा उपमहानगरपालिका–१६ घ्याम्पेडाँडाबाट लागुऔषधसहित एक जना पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौँडा–१६ घ्याम्पेडाँडा बस्ने ३८ वर्षीय हरि राना रहेका छन।

बुधबार बिहान करिब ३ बजे अस्थायी प्रहरी पोस्ट हटियाबाट प्रहरी नायब निरीक्षक सर्फलाल प्रसाद यादवको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले जाँचका क्रममा रानालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनको साथबाट तीन पुडिया खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर तौल गर्दा उक्त पदार्थ १ ग्राम ६५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*