हेटौंडा। बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ । आयोगको रिक्त पदमा काठमाडौं-१० नयाँबानेश्वर निवासी घिमिरेलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य घिमिरेलाई शपथ ग्रहण गराएका छन् ।
सेयर गर्नुहोस्

















