हेटौंडामा भइरहेको बृहत दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा आज यी कलाकारहरु आउने

हेटौंडा टुडे
२०८२ चैत्र ३, मंगलवार १२:०७ गते

हेटौंडा।  हेटौंडामा भइरहेको बृहत दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा चैत ३ गते (आज) गायिका मेलीना राई, गायीका अमृता घर्ती मगर, र्‍यापर इमान मोक्तान आउने भएका छन्। गायीका मेलीना राइ २ गते आउने भएको थियो तर हिजो प्रतिकुल मौसमको कारण आज ३ गते आउने भएको हो। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा १० स्थित टिसिएनको चौरमा महोत्सव भइरहेको छ। महोत्सव फागुन २९ गते देखि चैत १४ गते सम्म हुनेछ।

महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता, १० किलोमटिर महिला तथा पुरुष दौड प्रतियोगिता हुनेछ ।
महोत्सवमा दैनिक विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन समेत हुने बताइएको छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति समेत रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*